प्रहरी रिपोर्टको अनलाइन प्रणालीमा समस्या

नेपालभ्युज

प्रहरी रिपोर्टको अनलाइन प्रणालीमा समस्या

काठमाडौं। प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको छ। सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अझै समाधान हुन नसकेपछि सेवाग्रहीलाई समस्या भएको हो।

नेपाल प्रहरीकाका अनुसार अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणालीमा सिस्टम अपग्रेड गर्ने क्रममा नेटवर्किङका कारण समस्या आएको हो।

हाल प्राविधिक टोलीले काम गरिरहेको सम्भवतः आजै समस्या समाधान हुने प्रहरीले अनुमान गरेको छ।’

उक्त नेटवर्किङमा आएको समस्याले ट्राफिक नियम उल्लङ्घनको जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या देखिएको बताइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved