सेती खोँचमा खसेकी बालिकाको मृत्यु

नेपालभ्युज

सेती खोँचमा खसेकी बालिकाको मृत्यु

पोखरा ।   सेती नदीको खोँचमा खसेकी  बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो साथीहरुसँग सेती खोला नजिक खेल्न जाँदा  पोखरा ८ की स्मृति  पराजुली सेती खोंचमा खसेकी थिइन् ।

खोँचमा खसेको २ घण्टापछि उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार पोखरा-१५ स्थित हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नजिकैको भ्वाङमा परेको देखिएको थियो।

दिउँसो ३ बजेको समय खोंचमा खसेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको उद्धार टोलीले खोजी कार्यलाई तीव्रता दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved