च्याम्पियन्स लिग :  रियल मड्रिडले चेल्सीलाई हरायो

नेपालभ्युज

च्याम्पियन्स लिग :  रियल मड्रिडले चेल्सीलाई हरायो

एजेन्सी। युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले चेल्सीलाई हराएको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियलले चेल्सीलाई २-० ले पराजित गरेको हो । रियलका लागि करिम बेन्जेमा र मार्को असेन्सिओले गोल गरे । चेल्सीका बेन चिलवेलले ५९ मिनेटमा रातो कार्ड पाएका थिए ।

अब दोस्रो लेग अप्रिल १९ मा चेल्सीको मैदानमा हुनेछ । गएराती नै भएको अर्को खेलमा एसी मिलानले नापोलीलाई १-० गोलले हराएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved