च्याम्पियन्स लिग : बार्यनको पोष्टमा सिटीको ३ गोल, सेमिफाइनलको सम्भावना बलियो

नेपालभ्युज

च्याम्पियन्स लिग : बार्यनको पोष्टमा सिटीको ३ गोल, सेमिफाइनलको सम्भावना बलियो

एजेन्सी। युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बायर्न म्युनिखलाई हराएको छ ।

घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले बार्यनलाई ३–० गोलले हराएको हो । सिटीको जितमा रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालान्डले गोल गरे ।

गएरातीको जितले सिटीको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ । अब दोस्रो लेगमा म्युनिखले ४ गोलको अन्तरले हराएमा मात्रै सिटी बाहिरिनेछ । दोस्रो लेग बार्यनकै मैदानमा हुनेछ । दोस्रो लेग बायर्नको मैदानमा २० अप्रिलमा हुनेछ ।

गएराती नै भएको अर्को खेलमा इन्टरमिलानले बेन्फिकालाई २-० गोलले हराएको छ । उसका निकोलो बारेल्ला र रोमेलु लुकाकुले गोल गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved