सयजना युक्रेनी र पाँचजना रुसी युद्धबन्दी आदानप्रदान

नेपालभ्युज

सयजना युक्रेनी र पाँचजना रुसी युद्धबन्दी आदानप्रदान

मस्को।  युक्रेन र रुसले युद्धबन्दी आदानप्रदान गरेका छन् । रुससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत सोमबार एक सय युक्रेनी बन्दी रिहा भएका हुन् । रुससँगको पछिल्लो कैदी आदान प्रदानमा २० महिलासहित एक सय युक्रेनी बन्दी रिहा भएका युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रुसबाट रिहा भएकाहरूमा युक्रेनी सेनाका जवान, राष्ट्रिय गार्ड र नौसेनाका जवान र सीमा सुरक्षा बलका सदस्य रहेका युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री येर्माकले बताएका छन् ।

रिहा भएकामध्ये केही घाइते तथा केही गम्भीर बिरामी छन् । कैदी आदानप्रदान सम्झौताअन्तर्गत युक्रेनले रिहा गरेका रुसी सेनाको सङ्ख्या बारेमा भने पुरा विवरण दिएका छैनन् ।

यसैबीच, युद्धबन्दीको उपचारका निम्ति समन्वय गर्ने युक्रेनी कार्यालयले गम्भीर घाइते भएका पाँच जना रुसी सैनिकलाई रुससमक्ष हस्तान्तरण गरेको छ ।

किएभले उनीहरूलाई जेनेभा अभिसन्धिअनुसार रुसलाई हस्तान्तरण गरेको हो । मार्च २०२२ देखि रुससँगको बन्दी आदानप्रदानअन्तर्गत हालसम्म दुई हजारभन्दा बढी युक्रेनी मुक्त भएका छन् ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved