साल्ट ट्रेडिङ कर्पोरेसनको नयाँ अध्यक्षमा प्रदीपलाल श्रेष्ठ नियुक्त

नेपालभ्युज

साल्ट ट्रेडिङ कर्पोरेसनको नयाँ अध्यक्षमा प्रदीपलाल श्रेष्ठ नियुक्त

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कम्पनीका सञ्चालक समिति सदस्य प्रदीपलाल श्रेष्ठ अध्यक्षमा नियुक्त भएका छन्। कर्पोरेसन सञ्चालक समितिले आइतबार उनलाई कम्पनीको नेतृत्वका लागि चयन गरेकोमा सोमबार नियुक्त गरिएको हो।

यसअघि कर्पोरेसन लिमिटेडको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ थिए। उनले करिब ४ महिनाअघि स्वास्थ्यमा समस्या भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

त्यसयता रिक्त अध्यक्ष पद उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले केही समयका लागि सम्हालेका थिए। कर्पोरेसनको ५६औं वार्षिक साधारणसभा चैत १० मा भएको थियो।

सभाले प्रदीपलाल श्रेष्ठ, नारायण दास मानन्धर, राजेन्द्रमान शेरचन, अञ्जन श्रेष्ठ, सुनील श्रेष्ठ, राजेशकुमार श्रेष्ठ, शंकरप्रसाद श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved