चक्रे मिलनका सहयोगी ‘एके ४७’ हतियारसहित पक्राउ

नेपालभ्युज

चक्रे मिलनका सहयोगी ‘एके ४७’ हतियारसहित पक्राउ

काठमाडौं। गुण्डा नाइके मिलन गुरुङउर्फ चक्रे मिलनका सहयोगी ‘एके ४७’ हतियारसहित पक्राउ परेका छन्। नेपालगञ्ज गएका बेला चक्रे मिलनलाई ‘एके ४७’ बोकेका युवाले स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएको थियो।

सोही भिडिओका कारण उनका एकजना सहयोगी पक्राउ परेका हुन् । पक्राउ पर्ने व्यक्ति बैजनाथ गाउँपालिका, नौवस्ताका गणेशबहादुर बोगटी भएको प्रहरी स्रोतको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार उनको साथमा रहेको घातक हतियार समेत बरामद गरिएको छ । प्रहरीका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्ससमेत लिएको पाइएको छ । यद्यपि, सो हतियार के प्रयोजनका लागि र कहिले लिएका थिए भन्ने खुलेको छैन।

नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित उनलाई स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो । चक्रे मिलन नेकपा एमालेमा छन् । उनी युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेको हुनसक्ने अनुमान प्रहरीको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved