पार्टीले छलाङ मारिसक्यो, अब ०८४ मा वैकल्पिक शक्ति हुन्छौं : मन्त्री श्रेष्ठ

नेपालभ्युज

पार्टीले छलाङ मारिसक्यो, अब ०८४ मा वैकल्पिक शक्ति हुन्छौं : मन्त्री श्रेष्ठ

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी ०८४ सालसम्म मुख्य वैकल्पिक शक्ति बन्ने बताएकी छन्।

विभिन्न पार्टी परित्याग गरी नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै उनले टीकापुर आन्दोलनले जन्माएको पार्टीलाई अब देशकै वैकल्पिक शक्ति बनाउने बताइन्।

पार्टी स्थापना भएको डेढ वर्षमा नै नाउपाले छलाङ मारेको उनको दाबी थियो।‘नागरिक उन्मुक्ति पार्टीका संस्थापक सुप्रिमो रेशम चौधरी काठमाडौंको डिल्लीबजार र अन्य साथीहरू पनि विभिन्न कारागारमा छन्’ उनले भनिन्–‘टीकापुर घट्नामा निर्दोषलाई दोषी बनाइएकाले नै नागरिक उन्मुक्ति पार्टीको जन्म भएको छ।’

दमनको विरुद्धमा शक्तिको उत्पादन हुनेभन्दै उनले नागरिक उन्मुक्ति पार्टी पनि सोही दमनको उत्पादन भएको बताइन् । दमनका विरुद्धमा सुदूरबाट उदाएको पार्टीले छोटो समयमा नै पूर्वसम्म आफ्नो वर्चश्व जमाएको उनले बताइन् ।

‘जहाँ दमन चल्छ, त्यो दमनको विरुद्धमा शक्ति उत्पादन हुने गर्दछ’ उनले भनिन्–‘त्यही शक्ति हो–नागरिक उन्मुक्ति पार्टी । जो वैकल्पिक शक्तिका रूपमा उदायो।’

२०८४ सालमा हुने आम निर्वाचनमा नाउपा देशको वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाउने र पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएपछि नेपालमा भुइँचालो जाने सो पार्टीको दाबी छ ।

जनमत पार्टीबाट नाउपा प्रवेश गरेकी नेतृ रीता अर्यालले अहिले सबैको माग रेशम चौधरीको रिहाइ भएको बताइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved