तोलामा ७ सय रुपैयाँले सस्तियो सुन

नेपालभ्युज

तोलामा ७ सय रुपैयाँले सस्तियो सुन

काठमाडौं। सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको हो।

यस्तै, आज तेजाबी सुनको मूल्यसमेत तोलामा ७ सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved