समिट अपार्टमेन्टका कारण भासिए वरपरका घर

ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टका कारण वरपरका घरहरू भासिएका छन्। अपार्टमेन्ट निर्माण गर्न नमिल्ने ठाउँमाम जोरजबरस्जस्ती निर्माण भएपछि वरपरका घर जोखिममा परेका हुन्।

नेपालभ्युज

समिट अपार्टमेन्टका कारण भासिए वरपरका घर

काठमाडौं। ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टका कारण वरपरका घरहरू भासिएका छन्। अपार्टमेन्ट निर्माण गर्न नमिल्ने ठाउँमाम जोरजबरस्जस्ती निर्माण भएपछि वरपरका घर जोखिममा परेका हुन्।

शनिबार राती २ बजेतिर अपार्टमेन्टसँगै जोडिएका घरहरू भासिएका छन् । २ वटा घर पूर्ण रुपमा भत्किएको ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए। बाँकी ६ भन्दा बढी घर जोखिममा छन्।

भवन भासिएपछि भागदौड मच्चिएको र केही मानिस घाइते समेत भएका छन्। घटनापछि नेपाल प्रहरी र एपिएफको टोली उक्त क्षेत्रमा पुगेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved