नेपाल भियतनामसँग पराजित

नेपालभ्युज

नेपाल भियतनामसँग पराजित

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा भियतनामसँग नेपाल  ५-१ गोल अन्तरले पराजित भएको हो ।

भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् भने  फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक एक गोल गरे । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काईन् ।

११ औं मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् भने ३६ औं मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दा भियतनामले २-० को अग्रता बनाएको थियो ।

३८ औं मिनेटमा एनगुएन थि बिच थुएले गोल गरेपछि पहिलो हाफमा ३-० ले अघि बढेको भियतनाम दोस्रो हाफमा पुग्दा थप दुई गोल गर्न सफल भयो । यतिबेला नेपालले पनि एक गोल फर्कायो ।

४८ औं मिनेटमा कप्तान न्हुले हेडर गोल गर्दा ७९ औं मिनेटमा नेपालकी सावित्राले गोल फर्काएकी थिइन । इन्जुरी समयमा एनगुएन थिको गोलसँगै  भियतनाम ५-१ ले विजयी भयो ।

छनोटको समूह ‘सी’ मा रहेको नेपालले शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved