महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा

नेपालभ्युज

महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । सोमवार ललितपुरमा एक कार्यक्रम आयोजना गरी चैत २८ र २९ गते हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

श्रेष्ठको प्यानलबाट जिल्ला तथा नगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोसिएटतर्फको उम्मेदवार भरतराज आचार्यले उम्मेद्वारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले संकटमा गएको अर्थतन्त्र सुधारका लागि व्यवसायीहरुको हीतमा काम गर्ने बताए ।

उनले आर्थिक काँचुली फेर्नका लागि निःस्वार्थ रुपमा काम गर्ने प्रतिवद्धता जनाए । उनले उद्योग वाणिज्य महासंघमा फोटो खिच्न नभएर उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि जान लागेको स्पष्ट पारे । उम्मेद्वार श्रेष्ठले बिना शर्त व्यवसायीका समस्या समाधान गर्न लागि पर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष नै महासंघको स्वतः अध्यक्ष बन्ने भएकाले वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिष्पर्धा हुने भएको छ । महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका मुख्य तीन प्रतिष्पर्धीले आ–आफ्नो टिम घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानल सार्वजनिक गरिसकेका छन् । चन्द्रप्रसाद ढकाल आगामी अध्यक्ष बन्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved