बजेट निर्माणमा अनधिकृत प्रवेश गरेको आरोप लागेका पूर्वनासु घिमिरेविरुद्ध भ्रष्ट्राचार मुद्दा

गत जेठमा अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत रूपमा प्रवेश गरेको आरोप लागेका रघुनाथ घिमिरेविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।

नेपालभ्युज

बजेट निर्माणमा अनधिकृत प्रवेश गरेको आरोप लागेका पूर्वनासु घिमिरेविरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौं। गत जेठमा अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत रूपमा प्रवेश गरेको आरोप लागेका रघुनाथ घिमिरेविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। घिमिरेविरुद्ध २ करोड १४ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

पूर्वनासु घिमिरेमाथि विमानस्थल भन्सार, राजस्व अनुसन्धान विभाग लगायतका निकायमा बसेर राजस्व छल्ने र गैरकानूनी काम गरी सम्पत्ति कमाएको आरोप छ।

अख्तियारका अनुसार घिमिरेले ७ करोड ३९ लाख रुपैयाँ सम्पत्ति जोडेका छन्। जसमध्ये उनको वैध आम्दानी ५ करोड २५ लाख रुपैयाँ मात्र हो। २ करोड १४ लाख ४६ हजार ६५२ रुपैयाँ २४ पैसा गैरकानुनी आर्जन गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

घिमिरे तिनै व्यक्ति हुन्, जो गत जेठमा अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत रूपमा प्रवेश गरेको आरोप लागेको थियो।

अनधिकृत व्यक्तिलाई व्यवसायीको मिलेमतोमा बजेट निर्माणमा सहभागी गराइएको भन्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न उठेको थियो र उनले राजीनामा पनि दिएका थिए। तर संसदीय छानबिन समितिले अनधिकृत व्यक्ति प्रवेश गरेको पुष्टि गर्न नसकेपछि शर्मा पुनः अर्थमन्त्री बनेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved