मिटरब्याजपीडितसँग गरिएकाे सहमति कार्यान्वयन हुन्छ : मन्त्री श्रेष्ठ

नेपालभ्युज

मिटरब्याजपीडितसँग गरिएकाे सहमति कार्यान्वयन हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् ।

आज स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरूलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताए ।

सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरू सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेका बताए । सरकार सहमतिप्रति गम्भीर रहेको भन्दै सहमतिको कार्यान्वयन हुने स्पष्ट पारे ।

उनले समस्या समाधानका लागि आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगिसकेको भन्दै आवश्यक निर्णय गरेर प्रक्रिया अगाडि बढ्ने बताए ।

पीडितहरू पनि सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छन् । सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनीहरूले आफूहरूले न्याय पाउनेमा विश्वास व्यक्त गरे । पीडित मनोजकुमार पासवानले आफूहरू भोलि(सोमबार)सम्ममा गाउँ फर्किसक्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved