पाइलटलाई ‘फुड प्वाइजन’ र बिदामा बसेका पाइटलले मदिरा पिएपछि निगमको दुबई उडान रद्द

काठमाडौं- दुबई र दुबई- काठमाडौं उडानका ५ सय ४३ यात्रु अलपत्र

नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को–पालटलाई ‘फुड प्वाइजन’भएपछि काठमाडौं–दुबई र दुबई–काठमाडौं गरी दुवैतर्फको उडान रद्धहुँदा पाँच सय बढी यात्रु अलपत्र परेका छन्।

नेपालभ्युज

पाइलटलाई ‘फुड प्वाइजन’ र बिदामा बसेका पाइटलले मदिरा पिएपछि निगमको दुबई उडान रद्द

काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को–पालटलाई ‘फुड प्वाइजन’भएपछि काठमाडौं–दुबई र दुबई–काठमाडौं गरी दुवैतर्फको उडान रद्द हुँदा पाँच सय बढी यात्रु अलपत्र परेका छन्।

शनिबार राति १२ बजे दुबईका लागि जहाज उडान लागेका (उडान नम्बर– आरए २२९) का को–पाइलट गोपालसिंह विष्ट बिरामी भएपछि उडान प्रभावित भएको हो।

को-पाइलट बिरामी र अर्काे जगेडा पाइलटको व्यवस्था नहुँदा बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रु अलपत्र परे। अन्तिम समयमा यात्रुहरूले जहाज नउडाएकोमा विमानस्थलमा नाराबाजी गर्दै निगम व्यवस्थापनको विरोध गरेका थिए। उनीहरूलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटेलहरूमा राखिएको छ।

दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि आउने तय भएका उडान (आरए-२३०) उडान पनि रद्द भएको छ। दुवै तर्फका ५ सय ४३ यात्रु अलपत्र परेको बताइएको छ।

निगम प्रवक्ता अर्चना खड्काले को पाइलटको अस्वस्थता फ्लाइट हुन नसकेको बताइन्। रद्द भएको उडान पुन: सुरु गर्ने प्रक्रियामा रहेको उनले बताइन्।

निगमसँग दुइटा वाइडबडी विमानका लागि ६ जना को–पाइलट छन्। ८ जना क्याप्टेन छन् । यो सङ्ख्या पर्याप्त नभएपछि जगेडा पाइलटको व्यवस्था हुन नसक्दा यात्रु अलपत्र पर्न बाध्य भएका छन्।

स्रोतका अनुसार बिदामा रहेका पाइलट खोजी गरिएको थियो। तर, ती पाइटलले आफू मदिरा सेवन गरिसकेकाले उड्न नसक्ने बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved