संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी

नेपालभ्युज

संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी

काठमाडौं । संघीय  मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले उक्त ऐनको प्रक्रिया अघि बढेको बताएका हुन् ।

‘धेरै वर्षदेखि संघीय निजामती ऐन आउन सकेको थिएन, मैले पदभार ग्रहणको दिन नै संघीय निजामती ऐन ल्याउँछु भनेको थिए, अहिले सहमतिका लागि कानुन र अर्थमा गइसकेको छ’, मन्त्री मोदीले भने ।

मन्त्री मोदीले संसद्को जारी अधिवेशनमा नै ऐन टेबुल हुनेसमेत विश्वास व्यक्त गरे । उनले भने, ‘संघीय निजामती ऐन अगाडि बढिसक्यो, संसद्को यही अधिवेशनमा ऐन टेबुल गर्ने मेरो तयारी छ ।’

मन्त्री मोदीले ऐनमा सबैका भावना र सुझावलाई समेट्ने उद्देश्यले सरोकारवाला पक्षसँग छलफल गरेको समेत बताए । उनले सुशासन कायम गर्ने विषय नै आफ्नो मुख्य प्राथमिकताको विषय भएको समेत उल्लेख गरे । निमित्तमार्फत स्थानीय तहको कामकाज गर्ने प्रवृत्तिलाई अन्त्य गरेर आफूले सुशासनको सुरुआत गरेको उनको भनाइ थियो ।

मन्त्री मोदीले जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवाग्राहीले प्रश्न उठाउन नपर्ने गरी सेवा प्रवाह दिनसमेत कर्मचारीलाई निर्देशन दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved