मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलहरूको ‘निर्णायक’ बैठक आज बस्दै

विश्वासको मत लिएको ९ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डसँगै रहँदा मन्त्रालयका काम भद्रगोल भएका छन् ।

नेपालभ्युज

मन्त्रिपरिषद् विस्तारबारे सत्ता साझेदार दलहरूको ‘निर्णायक’ बैठक आज बस्दै

काठमाडौं। सत्ता साझेदार राजनीतिक दलहरू मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा मङ्गलबार निर्णायक संवादमा जुट्दैछन्।

सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको सोमबारको बैठकले मङ्गलबार सत्ता साझेदार दलहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा गठबन्धन दलको बैठक मङ्गलबार अपरान्ह चार बजे बोलाउने समझदारी भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले बताए ।

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले गठबन्धनका तीन शीर्ष नेताको बैठकले मन्त्रिपरिषद् विस्तारलाई टुङ्गो लगाउने गरी छलफल अगाडि बढाएको जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारको नीति तथा कार्यक्रम र समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा सहभागी हुन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ।

विश्वासको मत लिएको ९ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डसँगै रहँदा मन्त्रालयका काम भद्रगोल भएका छन् ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको मुख्य समय र आउँदो वर्षको बजेट बनाउने समयमा मन्त्रालयहरु मन्त्रिविहिन हुँदा समस्या झनै बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved