कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

नेपालभ्युज

कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

धनगढी। कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको नेपाल–भारत सीमामा पर्ने भारतको दूधवा नेसनल पार्कमा बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान दुधुवा नेसनल पार्कमा मेलापातका लागि गएकी सार्कीमाथि बाघले आक्रमण गरेको थियो।

पुनर्वास नगरपालिका–१० मदनटोलकी सार्की गाउँकै स्थानीयसँग मेलापातका लागि नेसनल पार्क गएका बेला बाघले आक्रमण गरेर मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

उनको शव भारत तर्फको वन क्षेत्र एसएसवी क्याम्प कुवा नम्बर ८ को पूर्वी क्षेत्रमा भेटिएको कुण्डा सब-डिभिजन वन कार्यालय पचकडिया, कञ्चनपुरका प्रमुख सहायक वन अधिकृत दिनेश कुमार यादवले जानकारी दिएका छन्।

बिहान ७ जनाको महिलाको समूहमा भारतको दूधवा नेसनल पार्कमा घाँस काट्न गएका भए पनि अन्य महिला भने बाघको आक्रमणपछि भागेर बच्न सफल भएका थिए।

अहिले जंगलबाट शव निकालेर भारतीय प्रहरीले बुझेको छ। भारतीय प्रहरीले मुचुल्का बनाई कागजी प्रक्रिया पुर्‍याएर नेपाल प्रहरीको जिम्मा लगाउने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved