प्रधानमन्त्रीले वैशाखको दोस्रो हप्ता भारत भ्रमण गर्नुहुन्छ : मन्त्री शर्मा

मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन् । 

नेपालभ्युज

प्रधानमन्त्रीले वैशाखको दोस्रो हप्ता भारत भ्रमण गर्नुहुन्छ : मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छिन्।

बिहीबार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीसँगको भेटवार्ताका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन् । 

मन्त्री शर्माले भनिन, ‘‘उहाँहरुले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर जिज्ञासा राख्नुभएको थियो। हामीले प्रधानमन्त्रीले सम्भवतः भारतबाट नै विदेश भ्रमण गर्नु हुन्छ भनेका छौँ। सरकार विस्तार भएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ भनेका छौँ। अप्रिल महिनामा हुन्छ।’’

उनले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको बताएन् । मन्त्री शर्माले भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाका बाहेकका अन्य नाकामा सहज आदानप्रदान हुनेगरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताइन् र 

उनले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीले सिम कार्ड निकाल्दा सहजता दिन भारत सरकारसँग आग्रह गरेको बताइन् । उनले भारतमा बसेर नेपाली टेलिभिजन च्यानल हेर्न सहज बनाउनका लागि पनि भारतीय मन्त्रीसँग कुरा राखेको पनि जानकारी दिइन् ।

मन्त्री शर्माले भनिन्, ‘‘भारतका मन्त्रीसँगको कुराकानीमा हामी भूपरिवेष्ठित राष्ट्र भएकाले समुन्द्रसम्म हाम्रो फाइबर बिछ्याउने कुरा र सञ्चार क्षेत्रका विषय उठाएका छौँ। सुनौली नाकाबाट मात्रै धेरैजसो सामान जान्छ, त्यसलाई अन्य नाका पनि सञ्चालन गर्न भनेका छौं। हामीले भारतबाट नेपालमा फोन गर्दा सहुलियत, नेपालीले सिम कार्ड निकाल्दा सहजता दिन र भारतमा बसेर नेपाली च्यानल हेर्न सहज होस् भन्नेकुरा उठाएका छौँ।’’ 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved