डा. पंकज चौधरीलाई धरौटीमा थुनामुक्त गर्न उच्च अदालतको आदेश

नेपालभ्युज

डा. पंकज चौधरीलाई धरौटीमा थुनामुक्त गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत जनकपुरले डा. पंकज चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ ।

अदालतका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।

महोत्तरीकी औरही नगरपालिका –१ माइत भएकी २१ वर्षीया नेहा चौधरीले दाइजोसम्बन्धी कसुरमा आफ्ना पति  रामगोपालपुर नगरपालिका ५ का पंकजविरुद्ध मुद्धा दायर गरेकी थिईन् ।

नेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिएको बताउँदै आएकी छन् भने  पंकजले ने आफूमाथिको आरोप निराधार रहेको भनेका छन् ।

उनी २२ पुसमा जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved