नेपालको एकदिवसीय वरियतामा थप सुधार

नेपालभ्युज

नेपालको एकदिवसीय वरियतामा थप सुधार

काठमाडौं। नेपाली क्रिकेट टोलीको एकदिवसीय वरियतामा थप सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपालको एक स्थान सुधार भएको हो ।

१६ औँ स्थानमा रहेको नेपाल अब १५ औँ स्थानमा उक्लिएको छ । लिग २ को पछिल्लो सिरिज अगाडी नेपाल १९ ‍औं स्थानमा थियो । १२ मध्ये ११ खेल जितेपछि नेपालले वरियतामा ४ स्थानको फड्को मारिसकेको छ ।

एसोसियट राष्ट्रमा स्कटल्यान्ड सबैभन्दा माथि १२ औँ स्थानमा छ । नेपालभन्दा पछाडि क्रमश ओमान, नामिबिया, अमेरिका, यूएई र पपुवा न्यू गिनी रहेका छन् ।

वरियताको शीर्ष स्थानमा भारत छ भने अष्ट्रेलिया दोस्रो र न्यूजिल्यान्ड तेस्रो स्थानमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved