त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा खस्यो ६२ प्रतिशत मत

नेपालभ्युज

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा खस्यो  ६२ प्रतिशत मत

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा करिब ६२ प्रतिशत मत खसेको छ ।  ३ हजार ४०० मतदाता मध्ये दुई हजार ७५ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार  मत परिणाम छिट्टै सार्वजनिक गरिने भएको  छ । विद्युतीय मेसिनबाट मतदान भएको सो क्याम्पसमा  २१ सदस्यीय स्ववियु समिति निर्वाचित हुनेछ ।

समितिमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक/एक जना अध्यक्ष,  सचिव,  कोषाध्यक्ष र  ८ जना सदस्यहरु छानिनेछन् भने  समानुपातिक तर्फबाट १० जना उम्मेदवार छानिनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved