तिलगंगा सडकमा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

नेपालभ्युज

तिलगंगा सडकमा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौं। काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित सडकमा गाडीको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ ।

शनिबार बिहान ना. ३ ख ६०६४ नम्बरको गाडीको ठक्करबाट सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-९ घर भई हाल काठमाडौं सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको  मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved