फिर्ता भयो प्रधानमन्त्रीको ह्याक भएको भेरिफाइड ट्विटर ह्यान्डल

नेपालका प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डल ह्याकरको कब्जाबाट फिर्ता आएको छ। बुधबार रातिदेखि ह्याक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को PM_nepal ट्विटर ह्यान्डल बिहीबार दिउँसो फिर्ता आउन सफल भएको हो।

नेपालभ्युज

फिर्ता भयो प्रधानमन्त्रीको ह्याक भएको भेरिफाइड ट्विटर ह्यान्डल

काठमाडौं। नेपालका प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डल ह्याकरको कब्जाबाट फिर्ता आएको छ।

बुधबार रातिदेखि ह्याक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को PM_nepal ट्विटर ह्यान्डल बिहीबार दिउँसो फिर्ता आउन सफल भएको हो।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले ट्विटरको कार्यालयसँग सम्पर्क गरी ट्विटर ह्यान्डल फिर्ता लिइएको जानकारी दिएको छ। “अकाउन्ट पूर्ण रूपमा हाम्रो हातमा आइसकेको छ,” सचिवालयका एक अधिकारीले भने।
आधिकारिक ह्यान्डलबाट यसबारे जानकारी समेत गराइएको छ।

प्रधानमन्त्रीको अकाउन्टको नाम र प्रोफाइल फोटो नै परिवर्तन गरिएको थियो। साथै त्यसबाट एनएफटी सम्बन्धी असान्दर्भिक रिट्वीटहरू समेत गरिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved