पोखरामा तेश्रो रेवान कप टेनिस सुरु

नेपालभ्युज

पोखरामा तेश्रो रेवान कप टेनिस सुरु

काठमाडौं।  रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । पोखरामा बुधबार रेवान कपको तेस्रो संस्करण सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–० र सुपरटाईमा १०–२ ले पराजित गरे । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्दै दोश्रो र तेश्रो सेट आफ्नो पक्षमा परेका हुन् ।

अर्को खेलमा आयोजक संघका उपाध्यक्षसमेत रहेका नविन चालिसेले अक्क्ष थापालाई ६–२, ६–० को सेटमा पराजित गरे । त्यस्तै, अन्य खेलहरूमा कर्ण तामाङले पदम गुरुङ्ग (लेकसाइड) लाई ६–२, ६–१ ले, पदम गुरुङ्ग (नदीपुर) ले वीरेन्द्र लामालाई ६–४, ५–७ र सुपरटाईमा १०–३ ले, विकाश गुरुङ्ग (हङकङ) ले इन्द्र गुरुङ्ग (चाउथे) लाई ६–०, ६–१ ले तथा लक्ष्मण तामाङ्गले अमृत कार्कीलाई ७–६, ६–३ ले पराजित गरे ।

अर्को खेलमा विनोद कायस्थले के.वि.तामाङलाई ६–२, ६–० ले, अनुज कुमार बाँस्तोलाले दुर्गा सुनारलाई ६–१, ६–० ले विकास गुरुङले शरण गुरुङलाई ६–१, ६–४ ले उज्वल तज्याले सिरोज कोइरालालाई ६–३, ६–१ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए ।

यसअघि,नवप्रवेशीतर्फको फाइनलमा दुर्गा सुनारले सिरोज कोइरालाई ६–२, ६–२ को सेटमा पराजित गर्दै विजेता बनेका थिए ।

रेवान पोखराका पूर्वाध्यक्ष गोपीबहादुर भट्टराईले टुर्नामेन्ट डाइरेक्टर शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । कास्कीमा टेनिस गतिविधीलाई चलायमान बनाउन तथा नयाँ खेलाडीहरूलाई टेनिस तर्फ आकर्षित गर्न प्रतियोगिता महत्त्वपूर्ण रहेको संघका अध्यक्ष लोक गुरुङले बताए ।

रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको जानकारी गराए । कास्की जिल्ला टेनिस संघ तथा रेवान पोखराको मुख्य प्रायोजनमा प्रतियोगिताको तेस्रो संस्करण आयोजना गरिएको हो।

आगामी ५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सिंगलतर्फ ३२ र डबल्सतर्फ १६ टिमले भाग लिएका छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित १० हजार रुपैयाँ तथा उपविजेताले ५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved