नेपालको एकदिवसीय वरियतामा सुधार, पुग्यो १६ औँ स्थानमा

नेपालले ओडिआई वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ। पछिल्लो समय निकै खराब लयमा रहेको यूएई १९ औँ स्थानमा झरेको छ ।

नेपालभ्युज

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको एकदिवसीय वरियतामा नेपालले सुधार गरेको छ ।

यसअघि १९ औँ स्थानमा रहेको नेपाल बिचमा १७ औं स्थानमा उक्लिएको थियो । नयाँ वरियता अनुसार त्यसमा पनि सुधार गरेर १६ औँ स्थानमा पुगेको छ ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ मा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले ओडिआई वरीयतामा नामिबिया, यूएई, अमेरिका र पपुवान्युगिनीलाई पछि पारेको छ ।

पछिल्लो समय निकै खराब लयमा रहेको यूएई १९ औँ स्थानमा झरेको छ । नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेको छ । लिगको अन्तिम खेलमा नेपालले भोली बिहीबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ । वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved