रामचन्द्र पौडेलले त्यागे नेपाली कांग्रेस

नेपालभ्युज

रामचन्द्र पौडेलले त्यागे नेपाली कांग्रेस

काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सबै संलग्नता परित्याग गरेका छन्।

यससम्बनधी जानकारी उनले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार पठाएका छन्। फागुन २५ मा राष्ट्रपति निर्वाचित भएपछि पौडेलको सांसद पद पनि खारेज भइसकेको छ ।

उनले पद तथा गोपनीयताको शपथ लिनु एक दिनअघि नै कांग्रेस पार्टीसँगको संलग्नता परित्याग गरेका हुन् । उनको भोलि दिउँसो राष्ट्रपतिको रूपमा शपथ हुनेछ।

राष्ट्रपति पौडेलले कांग्रेसको कुनै पनि सांगठनिक संरचनामा नरहने घोषणा गरेर केन्द्रीय कार्यालयमा पत्र पठाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

तनहुँबाट प्रतिनिधि सभामा निर्वाचित पौडेल राष्ट्रपतिको रूपमा ५ वर्ष शितल निवासमा बस्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved