सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्या समाधान गरौँ : चन्द्रप्रसाद ढकाल

नेपालभ्युज

सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्या समाधान गरौँ : चन्द्रप्रसाद ढकाल

काठमाडौं। नेपाल  उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको संवेदनशील परिस्थितिमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको पाँचौं प्रदेश सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “अहिले कसैले कसैलाई आरोप लगाउने अवस्था नै छैन । बैंकलाई पनि असजिलो छ । व्यवसायीहरूलाई झन् धेरै असजिलो छ ।

सरकारको पनि राजश्व उठेको छैन । त्यसैले सबैलाई समस्या परेको छ । सबै मिलेर यसको समाधान निकाल्नुको विकल्प छैन ।” उनले महासंघ भित्र पनि एकता भयो भने मात्र यो समस्याको समाधान सहज हुने हुनाले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्ने धारणा व्यक्त गरे।

सरकार, व्यवसायी, उपभोक्ता सबै पक्ष मिलेर अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नुपर्ने बताउँदै उनले भने “अहिले कुनै व्यक्तिको जित हारको अस्वस्था छैन । समग्र अर्थतन्त्रको जित हारको अवस्था हो । हामी सबै मिलेर अर्थतन्त्रलाई जिताउन पर्नेछ । यसलाई पुनः सही ट्रयाकमा ल्याउनुपर्नेछ । त्यसैले हामी सबै एक हुनुको विकल्प छैन । सबै मिलेर एकसाथ अगाडि बढ्नुको विकल्प छैन । म साथीहरुलाई भन्न चाहन्छु । एक पक्षले अर्को पक्षलाई आरोपप्रत्यारोप लगाएर मात्र समस्याको समाधान हुन सक्दैन ।”

उनले सरकार तथा राजनैतिक दलहरुले आर्थिक एजेण्डालाई प्राथमिकतामा नराखेको गुनासोसमेत गरे  ।अर्थतन्त्रका केही कुराहरूमा सुधार आएको बताउँदै अर्थतन्त्र अहिलेको अवस्थाभन्दा नबिग्रने विश्वास व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved