ऋणीलाई राहत, चैत्र १ देखि ब्याजदर घट्ने

नेपालभ्युज

ऋणीलाई राहत, चैत्र १ देखि ब्याजदर घट्ने

काठमाडौं। बैंकबाट ऋण लिएका ऋणीहरूलाई चैतदेखि ब्याजमा सहुलियत हुने भएको छ। नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेसंगै ऋणीलाई यो अवसर मिल्ने भएको हो।

बिहीबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गरेको छ। चैत १ गतेदेखि लागू हुनेगरी साधारण निक्षेपमा ०.४ प्रतिशत ब्याजदर घटाइने भएको हो।

त्यसैगरी, कर्जाको प्रिमियममा ब्याजदर १ प्रतिशतले घटाइने भएको छ। वित्तीय संस्थाहरूले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह भइरहेकोमा बढीमा ५ प्रतिशत थप्ने गरी निर्णय गरेका हुन्।

प्रिमियम १ प्रतिशतले घटाउने निर्णय चैत १ देखि लागू हुने भएको छ। आधार दर गत वर्षको पुसको औसत आधार दरको तुलनामा २९ प्रतिशतले बढेको छ । गत वर्ष पुसमा बैंकको आधार दर औसत ८.४२ प्रतिशत थियो।

तत्कालका लागि साना ऋणीलाई राहत हुने गरी प्रिमियम घटाउने निर्णय भएको छ। त्यस्तै, कुल डिपोजिटको ब्याजदर १० प्रतिशत र बचतको ब्याजदर ०.४२ प्रतिशत विन्दुले घटाउने निर्णय भएको उनले बताए। यसको अर्थ बचतको ब्याजदर ६ देखि ८ प्रतिशतको बीचमा रहनेछ।

बैंकहरूसँग भएको कुल निक्षेपमा बचत खातामा भएको निक्षेपको हिस्सा २६ प्रतिशत छ। जसकारण बचतमा ब्याजदर घटाउने निर्णयले बैंकहरूको आधार दर र कर्जाको ब्याजदर घट्छ। मुद्दती निक्षेपमा भने फागुनकै ब्याजदर यथावत् राखिने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved