किशोरीहरुमा कपाल झर्ने समस्या र यसको निदान

नेपालभ्युज

किशोरीहरुमा कपाल झर्ने समस्या र यसको निदान

एजेन्सी । कपाल झर्ने समस्याले त जो कोही चिन्तित छ । तर धेरैजसो यसलाई वयस्क वा उमेर पुगिसकेका महिलासँग जोडेर हेरिन्छ । किनकी २५, ३० नाघिसकेका महिला आम रुपमा अन्य स्वास्थ्य समस्यासँग जुधिरहेका हुन्छन् जसले गर्दा कपाल झर्ने समस्या हुन्छ ।

तर जब किशोरावस्था यानिकी कपाल बढ्ने उमेरमा झर्न थाल्छ भने चिन्ताको विषय हुन्छ । यसलाई गम्भीरताका साथ लिनुपर्ने पनि हुन सक्छ । किशोरावस्थामा के कारणले कपाल झर्छ त ?

वंशानुगत समस्या

कहिलेकाही कपाल झर्नुलाई वंशानुगत कारण पनि मान्ने गरिन्छ । एन्ड्रोजेनेटिक एलोपेसिया, एउटा कपाल झर्ने वंशानुगत गुण हो । यसमा कपाल झर्नुका साथै पातलो पनि हुँदै जान्छ । आमरुपमा यो समस्या वयस्क भएपछि देखिन्छ तर अहिले यो किशोरावस्थामा पनि देखिन थालेको छ ।

पोषण

किशोरावस्था यस्तो समय हो जहाँ किशोरी आफ्नो रुप तथा तौलमा अत्यधिक ध्यान दिने गर्दछन् । जसले गर्दा उनीहरु कम खाना खान्छन्, वा बाहिर धेरै खान्छन् । यसले तपाईंको पाचन क्रियामा पनि समस्या ल्याउँछ । जसले गर्दा शरीरमा जरुरी पोषक तत्वको कमी देखिन्छ । यस्तो कारणले कपाल झर्ने समस्या बढ्छ ।

पोलीसिस्टिक ओवेरियन सिन्ड्रोम (पीसीओएस)

यो एउटा यस्तो स्थिति हो जहाँ टेस्टोस्टेरोनको स्तर सामान्य भन्दा धेरै हुन्छ । पीसीओएस भएका युवतीको तौल बढ्छ साथै यसको नकारात्मक असर टाउकाको छाला तथा कपालमा पनि पर्न जान्छ ।

असन्तुलित थाइराइड

विशेषज्ञका अनुसार थाइराइडको स्थिति जसले थाइराइड हर्मोनको उत्पादनमा वृद्धि वा कमी हुन जान्छ । जसले गर्दा अस्वस्थ कपाल तथा झर्ने समस्या पनि देखिन्छ ।

कपालको उपचार

किशोरावस्थामा तपाईं हरेक नयाँ फेसन ट्रेन्ड अपनाउन चाहनुहुन्छ । त्यसैले कतिपय समयमा कपाललाई रंगाउन मन लाग्छ । तर नियमित रुपमा रंगाउने वा केमिकल ट्रिटमेन्ट गर्दा कपाल कमजोर हुन्छ । जसले गर्दा कपाल टुक्रिने र झर्ने हुन्छ ।

बिमारी

टाइफाइड, डेंगु, कोविड १९ वा कुनै लामो बिमारी भयो भने पनि शरीरको हरेक अंगमा नराम्रो असर पर्दछ । जसले गर्दा कपाल पनि झर्ने र पातलो हुने समस्या देखिन्छ ।

किशोरावस्थामा कपाल झर्न कम गर्ने टिप्स

  • आइरन तथा प्रोटिनले भरिपूर्ण आहार खानपानमा समावेश गर्ने जसका लागि खजुरी, हरियो सागपात, तरकारी, दाल, चिकेन, माछा, अन्डा तथा नट्स खान शुरु गर्नुहोस् ।
  • कसिलो कपाल बाँध्ने शैली परिवर्तन गर्नुहोस्, हीटिंग सामग्रीको प्रयोग कम गर्नुहोस् ।
  • कपाललाई सधैं सफा राख्नुहोस् साथै चायाँ कम गर्ने स्याम्पुको प्रयोग गर्नुहोस् ।
  • कपालमा विभिन्न रंगको प्रयोग तथा केमिकल ट्रिटमेन्ट गर्न छोड्नुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved