दाँत सधैं सफा राख्न यसो गर्नुहोस्

नेपालभ्युज

दाँत सधैं सफा राख्न यसो गर्नुहोस्

एजेन्सी। नियमित रुपमा दाँत सफा नगर्दा मुखसम्बन्धी विभिन्न समस्याहरु देखिन सक्छन् ।

किरा लागेर दाँत बिग्रन सक्छ । साथै गिजासम्बन्धी रोगहरु लाग्न सक्छ । त्यसैले दाँत सफा राख्न हामीले विशेष ध्यान पुर्‍याउनुपर्दछ । दाँत स्वस्थ राख्नलाई कस्तो कुरामा ध्यान दिनु पर्दछ भनेर यहाँ जान्नेछौं ।

दिनहुँ दुईपटक अनिवार्य ब्रस गर्ने

खाना खाएपछि बिहान र बेलुका अनिवार्य ब्रस गर्नुपर्दछ । दाँत माझ्दा सधैं नरम ब्रसको प्रयोग गर्नुपर्दछ । बजारमा विभिन्न थरीका मञ्जनहरु पाइन्छन् तर फ्लोराइड भएको मञ्जनको प्रयोग नै स्वस्थकर हुन्छ ।

ब्रस गर्ने पनि विधि हुन्छ । ब्रस गर्दा तल माथि तथा गोलाकारमा ब्रस घुमाउँदै गर्नुपर्दछ । ब्रस गर्दा अगाडि देखि भित्रको गिजाँसम्म सबै सफा गर्नुपर्दछ ।

सूर्तीजन्य पदार्थबाट बच्ने

सूर्तीजन्य पदार्थहरु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर यसले विशेषगरी दाँत र मुखको लागि अझै हानिकारक हुन्छ । त्यसैले यस्ता पदार्थको सेवन गर्नबाट बच्नु पर्दछ । दाँतहरु एकदमै पहेंलो हुने भएकाले तपाईंको व्यक्तित्वमाथि नै नराम्रो असर पर्दछ ।

गुलियो कम खाने

गुलियो खानेकुरा खाँदा मुखमा एसिड बढ्छ र त्यसले ब्याक्टेरिया उत्पादन गर्छ । दाँतमा हुने ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतको हाड खियाउँछ र अन्तयमा गिजासम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ ।

गिजाँमा हुने इन्फेक्सन बढ्दै जाँदा शल्यक्रिया सम्म गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । त्यसैले दाँतको स्वास्थ्यका लागि गुलियो कम खाने गर्नुपर्दछ ।

तातोचिसो सँगै नखाने

तातो खाने बित्तिकै चिसो वा चिसो खाने बित्तिकै तातो खाने गर्दा पनि दाँतलाई एकदमै असर गर्दछ । जसले गर्दा दाँत सिरिंग सिरिंग हुने तथा झन्झनाउने समस्या हुन्छ ।

यस्तो समस्या देखियो भने हामीले कुनै पनि खानेकुरा राम्रोसँग स्वाद लिएर खान पाउँदैनौं । त्यसैले तातोचिसो कहिल्यै पनि सँगै खानु हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved