ढाकामा विस्फोट, तीन जनाको मृत्यु

नेपालभ्युज

ढाकामा विस्फोट, तीन जनाको मृत्यु

ढाका । बङ्गलादेशको राजधानी ढाकामा आइतबार एक कम्पनीको कार्यालयमा भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

न्यू मार्केट पुलिस स्टेशनका प्रमुख शाहबुल हक शाबुले आइतबार बिहान प्रहरी पुग्दा विष्फोटपछि आगलागी भएको र कार्यालयमा केही व्यक्ति घाइते अवस्थामा भेटिएको उनले बताए ।

विस्फोटलगत्तै उक्त भवनमा आगलागी हुँदा कम्तीमा २२ जना घाइते भएको उनले बताए । स्थानीय सञ्चारमाध्यमले घाइतेको सङ्ख्या करिब ४० रहेको बताएका छन् । विस्फोटका कारण भवनको केही भाग भत्किएको अधिकारीहरूले बताए ।

स्थानीय समयअनुसार बिहान १०ः५० बजेको सूचनाका आधारमा अग्निनियन्त्रकका कम्तीमा चार समूह परिचालन गरिएको र करिब आधा घण्टापछि स्थिति नियन्त्रणमा आएको दमकल सेवा तथा नागरिक सुरक्षा नियन्त्रण कक्षकी ड्युटी अफिसर खालिदा यास्मिनले बताए । विष्फोटको कारण भने खुल्न सकेको छैन । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved