यू–२० महिला एसियन कपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

नेपालभ्युज

यू–२० महिला एसियन कपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौं। एएफसी यू–२० महिला एसियन कप छनोटमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार आयोजित कार्यक्रममा प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो।

नेपाल प्यालेस्टाइन, नर्दन मारियाना र युएईसँगै समूह बीमा रहेको छ। बुधबार नेपालले आफ्नो पहिलो खेलमा प्यालेस्टाईनसँग प्रतिस्पर्धा गर्नेछ।

समूह विजेताले दोस्रो चरणमा स्थान पक्का गर्नेछ। जुन ३ देखि ११ सम्म हुने दोस्रो चरणका उत्कृष्ट ४ टोलीले यू–२० महिला एसियन कपमा स्थान पक्का गर्नेछ।

एसियन कप उज्वेकिस्तानमा आयोजना हुनेछ। एसियन कपमा १६ टोलीको सहभागिता रहने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved