आयुर्वेदिक उपचार विधिमा गहुँको प्रयोग

खानामा तपाईं दिनहुँ यसको प्रयोग गर्नुभएको होला तर यसलाई उपचार गर्ने औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अब जानौं गहुँलाई कुन कुन रोगको लागि औषधीको रुपमा प्रयोग गर्न सकिन्छ भनेर ।

नेपालभ्युज

आयुर्वेदिक उपचार विधिमा गहुँको प्रयोग

एजेन्सी । करीब ५–७ हजार वर्षदेखि नै खाद्यान्नको रुपमा प्रयोग हुँदै आएको ऐतिहासिक खाद्य वस्तुले रोग निवारणको लागि पनि महत्वपूर्ण भूमिका खेल्छ भन्दा अचम्म मान्नुपर्ने कुरा छैन ।

तर त्यो उपचार कसरी गर्ने भन्ने बारे भने धेरैलाई थाहा नहुन सक्छ । त्यसैले प्राचीनकालदेखि नै आहार र उपचारको रुपमा प्रयोग गरिँदै आइएको गहुँको बारेमा आज हामी धेरै कुरा जान्नेछौं ।

खानामा तपाईं दिनहुँ यसको प्रयोग गर्नुभएको होला तर यसलाई उपचार गर्ने औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अब जानौं गहुँलाई कुन कुन रोगको लागि औषधीको रुपमा प्रयोग गर्न सकिन्छ भनेर ।

सामान्य तथा कडा कब्जियत

गहुँको चोकर सहितको रोटी र गहुँको च्याँख्लालाई बिहान र बेलुकाको प्रमुख भोजनको रुपमा चपाई चपाई खाने, हरियो तरकारी बढी खाने र पानी बढी पिउने गर्दा सामान्य कब्जियत ठिक हुन्छ ।

त्यस्तै यदी कडा खालको कब्जियत भएको छ भने गहुँको चोकरलाई भिजाएर काँचै खाने वा दुधमा मिसाएर खाने एवं गहुँको चोकर सहितको रोटी र च्याँख्ला खाने गर्नुपर्छ । साथै गहुँलाई भिजाएर टुसा पलाइसकेपछि काँचै चपाएर आधार वा एक मुठी आफ्नो पचाउने क्षमताअनुसार केही समयसम्म दैनिक खाँदा कडा खालको कब्जियत पनि ठिक हुन्छ ।

पत्थरी

टुसा पलाएको गहुँ र भिजाइएको गहत बराबर मिसाई उसिन्ने र त्यसको सुप पिउने एवं प्रशस्त पानी पिउने गर्दा पिसाब थैली र मृगौला एवं पिसाब नलीमा भएको पत्थर गल्दछ र निस्कन्छ ।

चिलाउने

गहुँको पिठो र नीमको पात पिस्ने र उक्त लेदोलाई घिउमा तताउने । यसरी तताएर तयार भएको मल्हमलाई चिलाउने दाद, सामान्य छालाको एलर्जी आदिमा लगाउँदा फाइदा हुन्छ । दिनहुँ सफा गर्दै केही दिन लगातार लगाउनु जरुरी हुन्छ ।

पेट दुखाई

यदी कुनै चीज खाँदा पेट डुस्स भएको र पेट भारी भएको छ भने गहुँको चोकरको सुप बनाउने र त्यसमा थोरै वीरेनुन एवं ज्वानो राखेर तातो तातो उक्त सुप एक कचौरा जति पिएमा पेट डुस्स भएकोमा तुरुन्त फाइदा पुग्छ ।

मधुमेह

मधुमेह रोगमा गहुँको चोकर सहितको रोटी एवं गहुँको च्याँख्ला खाने गर्दा शरीरमा त्यति धेरै चिनीको मात्रा पुग्न पाउँदैन र क्रमशः लाभ हुन थाल्छ ।

आँखा पोल्ने

सफा/फिल्टर गरेको पानीमा गहुँको सफा चोकर भिजाउने र पातलो कपडामा छान्ने । यसरी छानेको निर्मल पानीलाई आई वासकपको सहायताले आँखा धुने गर्दा आँखा पोल्ने ठीक हुन्छ । चोकर नपाएमा गहुँलाई नै भिजाएमा पनि हुन्छ ।

मुख र जिब्रोको घाउ

मुखभित्र र जिब्रोमा घाउ खटिरा आएमा हरियो सागपात र गहुँको चोकर प्रशस्त मात्रामा पकाएर खानुपर्छ । एक मुठी अंकुरित काँचो गहुँलाई पिस्ने र लेदो बनाउने, त्यसमा थोरै मिश्री एवं कागती राख्ने र १/२ गिलास पानी मिसाई सर्बत बनाउने ।

यसरी बनेको सर्वतलाई बिहान बेलुका दिनको २ पटक मिसाई केही दिनसम्म पिउने गरेमा बारम्बार यस्तो खटिरा आइरहने ठिक हुन्छ । साथमा पानी बढी पिउने र चिल्लो मसला नखाने गर्नुपर्छ ।

गहुँ र बदाम बराबर भिजाउने र त्यसलाई ५–७ गेडाको दरले मुखमा राख्दै सुपारी खाए जस्तै गरी खेलाउँदै धेरैबेर लगाएर केही दिन खाँदा मुख र जिब्रोको खटिराहरु ठिक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved