आईसीसीको स्वीकृतिसँगै यूएई उडे सन्दीप

नेपालभ्युज

आईसीसीको स्वीकृतिसँगै यूएई उडे सन्दीप

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन्दीप लामिछानेलाई टोलीमा समावेश गर्न स्वीकृति दिएको छ।

मङ्गलबार आईसीसीले सन्दीपलाई समावेश गर्न स्वीकृति दिएको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपालभ्युजलाई जानकारी गराएका हुन्।

‘मङ्गलबार तालिमको क्रममा काँधमा चोट लागेका श्याम ढकालको स्थानमा सन्दीपलाई टोलीमा समावेश गरिएको हो। भोलिको खेलमा समावेश हुनको लागि दिउँसो ३ बजे सन्दीप कोषाध्यक्ष रोशनकुमार सिंहसँग यूएई उडिसकेका छन्।’, पाठकले जानकारी गराए।

सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोपी सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको थियो।

सर्वोच्चका न्यायाधीश कुमार चुडाल र सपना मल्ल प्रधानको संयुक्त इजालसले २० लाख धरौटीमा जेलमुक्त भएको सन्दीपलाई विदेश जानमाथि लगाइएको रोक फुकुवा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved