इराकमा आइएसका सत्र आतंककारी मारिए

नेपालभ्युज

इराकमा आइएसका सत्र आतंककारी मारिए

बगदाद । इराकमा सुरक्षा फौजको कारबाहीमा परी आइएस आतंककारी समूहका कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ ।

अधिकारीहरुले दिएको जानकारीअनुसार इराकको पश्चिमी प्रान्त अन्बरको अकसात क्षेत्रमा ती आतंककारी मारिएका हुन् ।

इराकी सेनाका प्रवक्ता याहिया रोसलले दिएको जानकारीअनुसार यहाँका कतिपय क्षेत्रमा आइएसले पछिल्लो समयमा आतकं मच्चाएकाले उनीहरुका विरुद्धमा सेनाले कारबाही अघि सारेको छ ।

सो कारबाहीमा परेर आइतबार आइएस समूहका एकजना कमाण्डर सहित १७ जनाको ज्यान गएको प्रवक्ता रोसलले जानकारी दिएका  हुन् ।

प्रवक्ता रोसलले गएका केही महिना यतादेखि यहाँको सेनाले उक्त अन्बर प्रान्तमा सशक्त कारबाही गर्दै आएको छ । सो प्रान्तमा यहाँका आइएस समूहले सुरक्षा फौज तथा सरकारी कार्यालयमाथि नै आक्रमण गर्ने गरेकाले सो कारबाही अघि बढाइएको हो ।

इराकको सेनाले सन् २०१७ मा आइएसका विरुद्धमा व्यापक कारबाही गरी देशका सबै भूभाग आफ्नो नियन्त्रणमा लिएको थियो ।

त्यसपछि यहाँ शान्ति सुरक्षाको राम्रो अवस्था रहेको भए पनि कतिपय स्थानमा अहिले पनि आइएसले आतंककारी गतिविधिलाई निरन्तरता दिने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved