हङकङले दियो नेपाललाई १२१ रनको लक्ष्य

नेपालभ्युज

हङकङले दियो नेपाललाई १२१ रनको लक्ष्य

काठमाडौं। यू–१९ पुरुष विश्वकप एसियाली छनोटमा नेपालले जितको लागि १२१ रनको लक्ष्य पाएको छ।

यूएईस्थित मलेक क्रिकेट मैदानमा जारी खेलमा हङकङ ४६.३ ओभरमा १२० रनमा अलआउट भएको हो।

हङकङको लागि पार्थ भागवतले ३६ र अलियान जाहिरले ६७ रन बनाए। नेपालको लागि हेमन्त धामीले ३, सुवास भण्डारी र आकाश चन्दले २–२, दीपेश कंडेलले १ विकेट लिए।

नेपाल लगातार तेस्रो जितको खोजीमा रहेको छ। यसअघि, छनोटमा नेपालले शुक्रबार सिंगापुरलाई र शनिबार कुवेतलाई पराजित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved