पेरिस ओलम्पिक्सको महिलार्फको एसियाली फुटबल छनोट नेपालमा

नेपालभ्युज

पेरिस ओलम्पिक्सको महिलार्फको एसियाली फुटबल छनोट नेपालमा

काठमाडौं। पेरिस ओलम्पिक्सको महिलार्फको एसियाली फुटबल छनोटको पहिलो चरण नेपालमा आयोजना हुने पक्का भएको छ। सन् २०२४ मा हुने पेरिस ओलम्पिक्सको महिलातर्फको एसियाली फुटबल छनोटको पहिलो चरण नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

छनोटमा नेपाल भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँगै समूह ‘सी’ मा रहेको छ। एसियाली फुटबल महासंघ एएफसीले समूह ‘सी’ को लागि नेपाललाई आयोजकको जिम्मेवारी दिएको हो।

प्यालेस्टाइनले छनोटबाट नाम फिर्ता लिएसँगै नेपालले भियतनाम र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। छनोटको पहिलो चरणको खेलहरू अप्रिल ३ देखि ११ सम्म आयोजना गरिनेछ। समूह विजेताले दोस्रो चरणमा स्थान पक्का गर्नेछ।

दोस्रो चरणको लागि उत्तर कोरिया, अस्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया छनोट भइसकेका छन्। दोस्रो चरणमा पुग्ने टोलीलाई ३ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ। सो चरणका सबै समूह विजेता र १ उत्कृष्ट उपविजेताले तेस्रो चरणमा स्थान पक्का गर्नेछन्।

तेस्रो चरणको उत्कृष्ट २ टोलीले पेरिस ओलम्पिक्स २०२४ को लागि स्थान पक्का गर्नेछन्। छनोटको तयारीस्वरूप नेपालले भारतसँग २ मैत्रीपूर्ण खेल खेलिसकेको छ।

फेब्रुअरी १५ मा सम्पन्न भएको मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको थियो। दोस्रो खेल भने गोलरहित बराबरीमा सकिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved