आईसिसी यू–१९ विश्वकप

नेपालले कुवेतलाई दियो ३ सय ४४ रनको लक्ष्य, देव र अर्जुनको कीर्तिमानी शतक

नेपालभ्युज

नेपालले कुवेतलाई दियो ३ सय ४४ रनको लक्ष्य, देव र अर्जुनको कीर्तिमानी शतक

काठमाडौं। कप्तान देव खनाल र युवा ब्याटर अर्जुन कुमालको कीर्तिमानी शतकमा नेपालले आईसिसी यू–१९ विश्वकप कुवेतसामु ३ सय ४४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ दिएको छ ।

मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनायो । नेपाललाई विशाल योगफलमा पुर्‍याउन देव खनाल र अर्जुन कुमालले उत्कृष्ट शतकीय इनिङ खेले । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक एकै इनिङमा दुई ब्याटरले शतक हानेका हुन् ।

कप्तान देव खनालले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेले । देवको यो करिअरको पहिलो शतक हो । देव खनालले १ सय ५ बलमा शतक पूरा गरेका थिए ।

अर्जुन कुमाल १ सय १२ बलमा १२ चौकासहित १ सय ८ रनमा क्याच आउट भए । अर्जुनको यो करिअरको पहिलो शतक हो । अर्जुनले १ सय ७ बलमा शतक पूरा गरेका थिए ।

कप्तान देव खनाल र अर्जुन कुमालले तेस्रो विकेटका लागि १ सय ७० रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगपफलको आधार तय गरेका थिए ।

नेपालको सुरुवात केहि कमजोर रहेको थियो । ओपनर दीपक बोहरा २७ बलमा २ चौकासहित १३ रनमा आउट भए । ओपनर अर्जुन कुमाल र दीपक बोहराले ८.४ ओभरमा ४० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।

सिंगापुरविरुद्ध ७८ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका आकाश त्रिपाठी २ रनमा रन आउट हुँदा नेपाल ४५-२ को अवस्थामा पुगेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved