रूसविरूद्धको प्रतिबन्ध ‘निकै नरम र कमजोर’ : पोल्याण्ड

नेपालभ्युज

रूसविरूद्धको प्रतिबन्ध ‘निकै नरम र कमजोर’ : पोल्याण्ड

युक्रेन ।  पोल्याण्डले युरोपेली सङ्घ (ईयू) ले रूसविरूद्ध लगाएको पछिल्लो प्रतिबन्ध ‘निकै नरम र कमजोर’ भएको जनाएको छ ।

पोल्याण्डका प्रधानमन्त्री मेटुज मोराविकीले रूसले युक्रेनविरूद्ध आक्रमण सुरू गरेको एक वर्ष पुगेको दिन शुक्रबार युक्रेनको भ्रमणका क्रममा रुसविरुद्ध युरोपेली सङ्घ (ईयू) ले लगाएको पछिल्लो प्रतिबन्ध ’निकै नरम र कमजोर’ भएको बताएका हुन् ।

ब्रसेल्समा रूसविरूद्ध प्रतिबन्धको नयाँ प्याकेज घोषणा गर्ने चर्चा चलिरहेका समय पोल्याण्डको आपत्तिका कारण वार्ता रोकिएको युरोपेली कूटनीतिज्ञहरूले बताएका थिए । ‘जहाँसम्म १० औँ प्रतिबन्ध प्याकेजको कुरा छ, हामी यसमा खुसी छैनौँ किनभने यो धेरै नरम छ, धेरै कमजोर छ । हामी प्रस्ताव गर्दछौँ  कि थप व्यक्तिहरू समावेश गरियोस्,’ मोराविकीले कीभमा भने ।

‘हामीले लामो समयदेखि थप रुसी उत्पादनमाथि प्रतिबन्ध लगाउन सुझाव दिँदै आएका छौँ,’ उनले भने । ब्रसेल्सस्थित कूटनीतिक स्रोतले पोल्याण्डले कडा कदम चाल्न गरेको मागका कारण अझै पनि ‘निकै महत्वपूर्ण’ प्याकेज कार्यान्वयन गर्न ढिलाइ भइरहेको गुनासो गरेका छन् ।

दशौँ चरणको प्रतिबन्धले युरोपेली सङ्घको स्वामित्वमा रहेका तीन वटा रुसी बैंकको सम्पत्ति रोक्का गर्ने, वार्षिक ११ अर्ब युरो (११.६ अर्ब अमेरिकी डलर) बराबरका सामानको निर्यात नियन्त्रण गर्ने र मस्को आपूर्ति गर्ने इरानी ड्रोन निर्मातालाई असर गर्नेछ ।

तर पोल्याण्डले रुसबाट टायर बनाउन प्रयोग हुने सिन्थेटिक रबरको आयातमा पनि प्रतिबन्ध लगाउन चाहेको एएफपीसँगको कुराकानीमा कूटनीतिज्ञहरूले नाम नबताउने सर्तमा बताएका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved