सन्दीपको यूएई भ्रमणमा सर्वोच्चले बन्द गरिदियो ढोका

नेपालभ्युज

सन्दीपको यूएई भ्रमणमा सर्वोच्चले बन्द गरिदियो ढोका
फाइल तश्वीर

काठमाडौं। सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको विदेश भ्रमणमाथि लगाएको रोकलाई निरन्तरता दिने निर्णय गरेको छ। शुक्रबार सर्वोच्च अदालतले पाटन उच्च अदालतको सन्दीपलाई विदेश जान लगाएको रोकलाई समर्थन दिने फैसला गरेकोे हो।

न्यायाधीश ईश्वर खतिवडाको इजालसमा परेको पुनरावेदनको सुनुवाइमा सन्दीपको हकमा फैसला हुन नसकेको हो। यससँगै सन्दीपको लागि लिग–२ को यूएईमा हुने खेलमा सहभागी हुने ढोका बन्द भएको छ।

अदालतमा सन्दीपलाई विदेश भ्रमणमा लगेर नेपाल फर्काउने जिम्मेवारी नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दासले लिने पनि जानकारी गराएका थिए। न्यायधीश खतिवडाले सन्दीपको खेल जीवनले उचाई पाउनु पर्ने तर पक्रियालाई छाड्न नमिल्ने तर्क गरेका थिए।

खतिवडाले दुई पक्षीय वकिलको तर्क सुनेर फैसलाको लागि केहि समय पर्खन आदेश दिएका थिए।

बिहीबार क्यानले सन्दीपको विदेश भ्रमण फुकुवा गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपलाई पहल गर्न पत्रचार गरेको थियो। तर, राखेपले भने कुनै लिखित जवाफ नदिँदै सन्दीपको लागि पहल नगर्ने जानकारी दिएको थियो।

विदेश जानमाथि रोकसहित विभिन्न शर्तहरूसहित पाटन उच्च अदालतले नाबालिग बालिकाको बलात्कारको अभियुक्त सन्दीपलाई २० लाख रुपैयाँमा जेलमुक्त गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved