दिलीप हत्यामा दोषी ठहरिएका तीन जनालाई कैद सजाय

नेपालभ्युज

दिलीप हत्यामा दोषी ठहरिएका तीन जनालाई कैद सजाय

काठमाडौं। अभियन्ता दिलीप महतोको हत्यामा दोषी ठहरिएका तीन जनालाई कैद सजाय हुने भएको छ । धनुषाका दिलीपको फलामको लिभरले कोंखामा घोचेर हत्या भएको थियो ।

धनुषाको मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलीप क्रसरवालाले खोलाबाट चोरी निकासी गरी गिट्टी बालुवा उत्खन्न गरिरहेको खबर पाएलगत्तै रोक्न गएका बेला मारिएका थिए ।

उनलाई सुरुमा फलामको लिभरले घोचेर घाइते बनाएपछि ना‍. ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । भारतको भोपालमा मेकानिकल इन्जिनियरिङको अन्तिम वर्षमा अध्ययनरत दिलीप घरबिदामा आएका बेला मारिएका थिए।

पर्यावरण बचाउने आन्दोलनका अगुवा महतोको हत्यामा संलग्न मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो र कामदार मुनीन्द्र महतोलाई २५–२५ वर्ष कैद र ५–५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला सुनाएको छ।

त्यस्तै, हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा भने साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने जिल्ला अदालत धनुषाले फैसला गरेको हो । जिल्ला अदालत धनुषाका इजलास नम्बर ६ का न्यायाधीश चित्रबहादुर गुरुङको इजलासबाट आज सो फैसला आएको हो ।

गत फागुन ३ गते जिल्ला अदालतले ७ अभियुक्तमध्ये विपीन, मुनीन्द्र र जितेन्द्रलाई दोषी ठहर र चारजनालाई सफाइ दिएको थियो । सजाय भने आज निर्धारण गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved