केपी ओली कप : एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा

नेपालभ्युज

केपी ओली कप : एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडौं। केपी ओली कपमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिम एनआरटीलाई टाइब्रेकरमा पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार बिहान भएको खेलमा आर्मीले एनआरटीलाई पेनालटीमा ५–४ ले पराजित गरेको हो। एनआरटीका स्टेफन जुनियरको प्रहार विकेश कुथुले रोक्न सफल भएसँगै आर्मीले जित आफ्नो पक्षमा पार्न सफल भयो।

एनआरटीको लागि खेलको ३२औँ मिनेटमा लालमिन्जाले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। ५३औं मिनेटमा एनआरटीका विक्रम धिमालले आत्मघाती गोल गरेसँगै खेल १–१ गोलको बराबरीमा पुगेको थियो।

यससँगै फागुन १४ गते हुने पहिलो सेमिफाइनलमा सातदोबाटो युथ क्लब र आर्मी आमने-सामने हुने पक्का भएको छ। अर्को खेलमा भने चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लब दिउँसो ३ बजे आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved