काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरमा आन्दोलन सुरु गरेको छ । भूमिहीनहरुलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने, चुरे दोहन तत्काल रोक्नुपर्ने लगायतका माग गर्दै अभियानले बिहीबारदेखि प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गरेको हो । सोही क्रममा मुख्यमन्त्री कार्यालयमा धर्ना दिइएको छ ।
भूमिहीनलाई जग्गा देउ, दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर, चुरे दोहन रोकलगायतका नाराबाजी गर्दै उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरे । आफूहरुले विगतमा राख्दै आएको माग पूरा नभएपछि मधेस प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गर्नु परेको अभियानका संयोजक सरोज रायले बताए ।
उनले भने, ‘आफूहरुको माग पूरा नभए अनिश्चितकालीनमा धर्नामा बस्न बाध्य हुनेछौं ।’ मधेस सरकारले आफूहरुले विगतमा राखेको पाँच सुत्रीय माग सम्बोधन नगरेपछि आन्दोलन सुरु गरेको अभियानले जनाएको छ ।
Facebook Comment
Comment