उज्वेकिस्तान र इजिप्टबीच १.६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता

मिर्जियोयेभ र उनका इजिप्टका समकक्षी अब्देल-फताह अल-सिसीले संयुक्त परियोजनाहरू कार्यान्वयन गर्न एवं व्यापार र लगानी सहयोगलाई प्रवर्द्धन गर्न विस्तृत मार्गचित्र अपनाउन पनि सहमति जनाएका छन्।

नेपालभ्युज

उज्वेकिस्तान र इजिप्टबीच १.६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता

ताशकन्द । उज्वेकिस्तान र इजिप्टले विभिन्न क्षेत्रमा १.६ बिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेका छन् । उज्बेकिस्तानका राष्ट्रपतिको प्रेस सेवाले बुधबार जनाएअनुसार सो सम्झौतामा ऊर्जा, कपडा र कृषि क्षेत्रहरू समेटिएको छ ।

सो सम्झौतामा उज्बेकका राष्ट्रपति शावकट मिर्जियोयेभको यही फेब्रुअरी २० देखी २१ साम्म भएको इजिप्ट भ्रमणको क्रममा हस्ताक्षर गरिएको थियो। मिर्जियोयेभ र उनका इजिप्टका समकक्षी अब्देल-फताह अल-सिसीले संयुक्त परियोजनाहरू कार्यान्वयन गर्न एवं व्यापार र लगानी सहयोगलाई प्रवर्द्धन गर्न विस्तृत मार्गचित्र अपनाउन पनि सहमति जनाएका छन्।

‘इजिप्टका कम्पनीहरूसँग हाम्रो देशमा संयुक्त रूपमा ठूला लगानीका कार्यक्रमहरू लागू गर्ने अवसर छ,’ उज्बेक राष्ट्रपतिले उल्लेख गरेका छन् । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved