दुई छोरालाई काखमा च्यापेर गण्डक नहरमा हामफालिन् प्रतिमा

नेपालभ्युज

दुई छोरालाई काखमा च्यापेर गण्डक नहरमा हामफालिन् प्रतिमा

काठमाडौं। आफ्ना दुई छोरा काखमा च्यापेर एक महिला गण्डक नहरमा हामफालेकी छिन् । उनीहरू तीनै जना बेपत्ता छन् ।

पश्चिम–नवलपरासीको सुस्ता गाउँपालिका वडा नं–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिस चौधरी र ७ वर्षीय सुमित चौधरीलाई लिएर हाम फालेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

एक महिलाले दुई छोराहरूलाई लिएर नहरमा हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मंगलबार दिउँसो २ बजे ती महिलाले एकैपटक दुई छोरा काखमा च्यापेर हामफालेको प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै प्रहरीले पुष्टि गरेको छ ।

प्रतिमाका श्रीमान् वैदेशिक रोजगारमा रहेको बुझिएको छ । पारिवारिक कारण वा अन्य के कारण उनले छोराहरूसहित नहरमा हामफालिन् भन्ने खुलेको छैन । बेपत्ता तीनै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved