दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने तयारी

नेपालभ्युज

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने तयारी

काठमाडौं। राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण मूल्य बढाउन प्रस्ताव गरेसँगै सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ।

दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेको छ ।

फाुगन २ गते बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भनिएको छ ।

दुग्ध विकास बोर्डले बैंकको ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरू नोक्सानीमा गएको देखिएको भन्दै दुग्ध किसानलाई बचाउनका लागि १० रुपैयाँसम्म मूल्य बढाउनुपर्ने प्रतिवेदन दिएको थियो ।

यसअघि, किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो । जसअनुसार मूल्य बढाउनै पर्ने देखिएको बोर्डको भनाइ छ । मूल्य बढाउनेबारेको अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाएको र थप छलफल गरेर मन्त्रिपरिषद्मा मूल्य सिफारिस गर्ने तयारी छ । त्यसपछि मात्रै सरकारले मूल्य बढाउनेबारे निर्णय लिन सक्नेछ ।

गत वर्ष २८ माघमा पनि सरकारले सबै प्रकारका दूधको उपभोक्ता मूल्य लिटरमा ९ देखि १४ रुपैयाँसम्मले बढाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved