जसपाको विधान अधिवेशन चैत २७, २८ र २९ गते काठमाडौंमा

नेपालभ्युज

जसपाको विधान अधिवेशन चैत २७, २८ र २९ गते काठमाडौंमा

काठमाडौं । जनता समाजवादी पार्टीको विधान अधिवेशन आगामी चैत्र २७, २८ र २९ गते काठमाण्डौमा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको आइतबार र सोमबार गरी दुई दिन बसेको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत बज्राचार्य र न्हुच्छेलाल महर्जन रहेका छन् । मूल व्यवस्थापन समितिले आवश्यक्ता अनुसार उपसमिति बनाउन सक्ने छ ।

बैठकले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (बारा) र सुरेन्द्र कर्मी (पर्सा) लाई राजनीतिक समितिमा, ओमप्रकाश यादव गुल्जारी र सोमबहादर नेपाली (कास्की) लाई केन्द्रीय समितिमा, दलबहादुर लावती (पाँचथर) कर्णबहादुर लावती (पाँचथर) र बलराम महतो (धनुषा) लाई संघीय परिषद् सदस्यमा मनोनयन गरिएको छ ।

केन्द्रीय सदस्यद्वय जोगीलाल यादव र प्रचण्डकुमार पौडेललाई ट्रेड युनियन तथा बौद्धिक पेसाकर्मी महासंघ संयुक्त संयन्त्रको उपप्रमखुको जिम्मेवारी दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved