एनसेलद्वारा पुल्चोक इन्जिनियरिङ क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा सम्मान

नेपालभ्युज

एनसेलद्वारा पुल्चोक इन्जिनियरिङ क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा सम्मान

काठमाडौं। एनसेलले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति तथा सम्मान गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

यस कार्यक्रम अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरूले छात्रवृत्ति पाएका छन् । यस्तै, यही संकायका विद्यार्थी सम्मानीत समेत भएको कम्पनीले जनाएको छ ।

यो कार्यक्रम एनसेलको मुख्य कार्यालय लैनचौरमा आयोजित एक विशे कार्यक्रममाझ प्रदान गरिएको बताइएको छ । यस वर्ष अर्थात् २०७९ का लागि १८ वटा शीर्षकअन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ ।

साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो । क्याम्पसका क्याम्पस चीफ एसोसियट प्रा.डा.इन्द्र प्रसाद आचार्य र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरूपमा विद्यार्थीहरूलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved