भूकम्पपछि १० हजारभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्किए

नेपालभ्युज

भूकम्पपछि १० हजारभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्किए

अङ्कारा । दक्षिणी टर्किमा गएको विनाशकारी भूकम्पपछि कम्तीमा १० हजार ६३३ सिरियाली शरणार्थी स्वेच्छिक रूपमा स्वदेश फर्किएका छन्। टर्कीका रक्षामन्त्री हुलुसी अकारले भूकम्पमा परी आफ्नो परिवार र बासस्थान गुमाएका सिरियाली परिवार स्वेच्छाले आफ्नो भूमिमा फर्किएको बताएका छन् ।

मन्त्रीले उत्तरी सिरियामा पनि ठूलो भूकम्प गएपछि सिरियालीहरू टर्कीको सीमामा ओइरिएको आरोपलाई अस्वीकार गरेको अर्ध-आधिकारिक एनाडोलु एजेन्सीले उल्लेख गरेको छ । ‘यी दाबीहरू पूर्णतया असत्य छन्। सीमा रेखाबाट कुनै अप्रत्यासित आगमन भएको छैन। हामीले सम्बन्धित अधिकारीहरूबाट जानकारी प्राप्त गरेर अनुसन्धान पनि गर्यौं तर त्यस्तो भएको होइन रहेछ ।’ मन्त्रीले भने । सन् २०११ मा गृहयुद्ध शुरु भएपछि आफ्नो देशबाट भागेका झन्डै ३५ लाख सिरियाली शरणार्थीहरू टर्किमा रहेका छन्।

झन्डै आधा शरणार्थीहरू दक्षिणी टर्किमा शरण लिएका छन् । हालै विनाशकारी भूकम्पले यस क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ। फेब्रुअरी ६ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा गएको ७.७ र ७.६ म्याग्निच्युडको भूकम्पपछि टर्कि  र सिरियामा ४६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved